नेकपा जुम्लाद्वारा शोक व्यक्त

नेकपा जुम्लाद्वारा शोक व्यक्त

जुम्ला : नेकपा जुम्लाले शोक वक्तव्य जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्ला समिति सदस्य शक्तसिंह रोकाया ‘सफल’ का बुबा पूर्ण रोकायाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

पार्टीका जुम्ला जिल्ला इन्चार्ज विराटले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘जुम्ला जिल्ला सिंजा गापा १ डिग्रा गाउँमा आज मिति २०७८ साल वैशाख २२ गते बिहान ६ः३० बजे हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्ला समिति सदस्य कमरेड शक्तसिंह रोकाया ‘सफल’ का बुबा पूर्ण रोकायाको ६१ वर्षको उमेरमा असामयिक निधन भएकाले हाम्रो पार्टी गहिरो शोक व्यक्त गर्दछ ।’

शोक वक्तव्यमा अगाडि भनिएको छ, ‘आदरणीय बुबाले पार्टी, क्रान्ति र परिवर्तनमा पुर्याएको योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । शोकस्तब्ध परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :