नेकपा अछामद्वारा साउद परिवारप्रति समवेदना प्रकट

नेकपा अछामद्वारा साउद परिवारप्रति समवेदना प्रकट

अछाम : नेकपा अछामले शोक वक्तव्य जारी गर्दै अछाम पार्टी जिल्ला सदस्य जब्बर साउदका बुबा ढकारी गाउँपालिका २ निवासी जहरी साउदको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

सेक्रेटरी तपेन्द्र तिमिल्सेनाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अछामका पार्टी सदस्य क. जब्बर साउदका आदरणीय बुबा ढकारी गाउँपालिका २ निवासी श्री जहरी साउदको ६७ वर्षको उमेरमा मिति २०७८/०१/२० गतेका दिन भएको असामयिक निधनले हाम्रो सम्पूर्ण जिल्ला पार्टीलाई स्तब्ध तुल्याएको छ । आदरणीय बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ !’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :