कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ लाख नाघ्यो

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ लाख नाघ्यो

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ लाख ५ हजार ७८६ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट १२ हजार ५५१ जनाको मृत्यु भएको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी प्रभावित सङ्युक्त राज्य अमेरिकामा मात्र पाँच लाख ९० हजार ७०४ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ६ हजार ५५६ जनाको मृत्यु भएको छ ।

मृतक र सङ्क्रमितका आधारमा मेक्सिकोपछि भारत चौथो स्थानमा रहे पनि भारत दोस्रो लहरको सङ्क्रमणको ‘हटस्पट’ बनेको छ । दैनिक सङ्क्रमण वृद्धिका आधारमा भारत अहिले विश्वकै अति प्रभावित मुलुकमा छ ।

भारतमा पछिल्लोपटक शनिबार कोरोना सङ्क्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो २४ घन्टामा भारतमा ३ लाख ९२ हजार ५६२ जनामा सङ्क्रमण पुष्टि भएको छ । एकै दिन सङ्क्रमण हुनेको यो सङ्ख्या अहिलेसम्मको दोस्रो धेरै हो । पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १ करोड ९५ लाख ४९ हजार ६५६ पुगेको छ ।

भारतमा एकै दिन ३६ सय ८८ सङ्क्रमितको मृत्यु भएको छ । दोस्रो लहरको सङ्क्रमण बढ्दै जाँदा भारतमा मृतकको सङ्ख्या पनि दिनदिनै बढिरहेको छ । पछिल्लो विवरणसँगै भारतमा मृतकको सङ्ख्या २ लाख १५ हजार ५२३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :