कोरोना त्रासका कारण कैलालीका विद्यालय १० दिन बन्द गर्ने निर्णय

कोरोना त्रासका कारण कैलालीका विद्यालय १० दिन बन्द गर्ने निर्णय

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना त्रासका कारण जिल्लामा १० दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कोरोनाको सङ्क्रमण बढ्दै गएकाले सावधानी अपनाउन विद्यालयका साथै भीडभाड हुने क्षेत्र पनि बन्द गर्ने निर्णय गरिएको छ ।

कोरोना सङ्क्रमणको अवस्थालाई ध्यान दिँदै १० दिनपछि विद्यार्थीको परीक्षा सञ्चालन गर्न सकिने निर्णय भएको जानकारी पनि जोशीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :