नेकपा कालीकोटको जनसभा भव्य

नेकपा कालीकोटको जनसभा भव्य

मेहेलमुडी : नेकपा कालीकोटले एरिया नं २ को मेहेलमुडीमा जनसभा सम्पन्न गरेको छ ।

उक्त जनसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा भेक ब्युरो सदस्य विराटले सरकार वार्ता र सहमतिमा इमानदार बन्नुपर्ने बताए । जनताले अस्वीकार गरेको एमसीसी सम्झौता खारेज गर्नुपर्ने धारणा राख्दै उनले जबर्जस्ती लाद्न खोजिए देशमा ठूलो विद्रोह हुने प्रस्ट पारे ।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष धीरेन्द्राकुमारी उपाध्यायले उत्पीडित जाति, जनजाति, महिला, दलित सबैको पूर्ण मुक्तिका लागि वैज्ञानिक समाजवाद जरुरी भैसकेकाले वैज्ञानिक समाजवाद स्थापना गर्न सहयोगका लागि आह्वान गरिन् ।

नेकपा कालीकोटका जिल्ला इन्चार्ज रणदीपले सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध फिर्ता लिएपछि र जिल्लामा राजनीतिक गतिविधि तीव्र रूपमा अघि बढेपछि प्रतिगामी शक्तिहरू बर्बराउन थालेको बताए । उनले स्वस्थ प्रतिस्पर्धामा आउन र षड्यन्त्र नगर्न पनि चेतावनी दिए ।

कार्यक्रम एरिया नं २ का सेक्रेटरी दानबहादुर बोहोराको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला सेक्रेटरी साहसी, किरण, शान्तिलगायत नेता अतिथि थिए । जनसभामा भेक ब्युरोका जनकलाकारले जनवादी गीतसङ्गीत प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा माओवादी केन्द्र परित्याग गरी २४ जना नेकपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :