शिक्षक सङ्गठनले बुझायो २० बुँदे मागसहित ध्यानाकर्षण पत्र

शिक्षक सङ्गठनले बुझायो २० बुँदे मागसहित ध्यानाकर्षण पत्र

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समिति अर्घाखाँचीले विभिन्न २० बुँदे मागसहित जिल्ला शिक्षा समवन्य एकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सङ्गठनका जिल्ला अध्यक्ष लक्ष्मण वली र सचिव खुम बस्नेतद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा शिक्षा र शिक्षकका समस्याबारे राज्य गम्भीर हुनुपर्ने उल्लेख छ । त्यस्तै पटकपटक सहमति गरेर पनि सरकारले शिक्षा क्षेत्रमा लागू नगरेको, शिक्षालाई सेवामूलक नभई नाफामूलक बनाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

अध्यक्ष वलीले आफूहरूले ध्यानाकर्षण पत्रमा आफ्ना मात्र माग नभई सम्पूर्ण परिवर्तनकारी शिक्षकका मागलाई समेटेकाले राज्यले गम्भीरताका साथ लिनुपर्ने बताए । आफ्ना मागलाई सरकारले बेवास्ता गरेमा चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :