सुर्खेतमा २८ औँ पारिजात स्मृति दिवस कार्यक्रम सम्पन्न

सुर्खेतमा २८ औँ पारिजात स्मृति दिवस कार्यक्रम सम्पन्न

सुर्खेत : प्रगतिशील लेखक सङ्घको आयोजनामा पारिजातको २८ औँ स्मृति दिवस कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । प्रलेस सुर्खेतका का.वा. अध्यक्ष जागेश्वर नेपालले पारिजातको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै भने, ‘उहाँ शारिरीक रुपमा ह्विलचियरमा हिड्ने अपाङ्ग भएता पनि ३ कविता सङ्ग्रह, ४ वटा कथा सङ्ग्रह, १० वटा उपन्यास लगायत हजारौँ फुटकर रचनाको धनी हुनु हुन्थ्यो ।’

नेपालले उपन्यास शिरिसको फूल अमेरिकाको विश्व विद्यालयमा अध्ययन/अध्यापन भैरहेको जानकारी दिए । उनले भने, ‘ वामपन्थी, प्रगतिवादी साहित्यकारको योगदानले नै साहित्य आज यो ठाउँमा पुगेको छ ।’

रगवीर विश्वकर्मा, जागेश्वर नेपाल, कर्णबहादुर बोहोरा, हरिलाल महतारा, लक्ष्मणदेव गिरी, खडानन्द भट्टराई, सरस्वति गौतम, भक्तबहादुर मिजार, दिनेश गौतम, टीका पोख्रेल र समीक्षा नेपालले आ–आफ्नो गीत, गजल र कविताहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रम हरिलाल महताराको सञ्चालन, हिमाली पुस्तकालयका अध्यक्ष तुलाराम तिवारीको प्रमुख आतिथ्यतामा र प्रलेस सुर्खेतका पुर्व अध्यक्ष लिलाधर गौतमको अध्यक्षतामा सम्पन्न भएको थिो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :