मष्टा गाउपालिकाको गाडी दुर्घटना

मष्टा गाउपालिकाको गाडी दुर्घटना

बझाङ : बझाङको मष्टा गाउँपालिकाको गाडी दुर्घटना भएको छ । गाउँपालिकाको बा २ झ ४२२७ नम्बरको स्कार्पियो गाडी सिमखेत बसपार्क रोडको माथिबाट तल बिजुलीको पोलमा गएर ठोक्किदा दुर्घटना भएको हो । चालकले मदिरा सेवन गरि गाडी चलाएका कारण दुर्घटना भएको स्थानीयले बताएका छन् ।

चालक बाहेक गाडीमा सवार अरू कोही नहुँदा दुर्घटनामा मानवीय क्षति भने भएको छैन । गाउँपालिका अध्यक्ष कर्ण कठायतका अनुसार गाडी जयपृथ्वी नगरपालिका प्रमुखलाई नगरपालिकामा पुर्याउन गएको र फर्किदा दुर्घटना भएको बताए ।

चालक गगनसिंह दयाललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :