नेकपा कास्कीले भन्यो ‘विवादीत जग्गामा कुनै गतिविधि नगर्नु’

नेकपा कास्कीले भन्यो ‘विवादीत जग्गामा कुनै गतिविधि नगर्नु’

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीले पोखरा महानगरपालिका न्यूरोडमा मनकुमारी श्रेष्ठ र विष्णु कुमार श्रेष्ठको नाममा रहेको करीब ९ रोपनी ६ आना ३ दाम जग्गा विवादीत भएको कारण त्यसमा कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।

नेकपा कास्कीका सेक्रेटरी विश्वासले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त जग्गा विष्णु कुमार श्रेष्ठले हरिबहादुर थापालाई झुक्याएर किर्ते कागज मिलाएर कानुनी रुपले आफ्नो नाममा दर्ता गराएकोले हरिबहादुरलाई अन्याय भएको भन्दै पीडितले न्याय नपाउँदासम्म उक्त जग्गामा कुनै पनि गतिविधि गर्न नहुने कुरा विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेकपाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा जग्गा विवादमा पीडित पक्षलाई गम्भीर अन्याय भएको देखिएकोले सो जग्गा विवाद समाधान नहुन्जेल जग्गा खरिद बिक्री, भाडा र भोगचलन नगर्न नगराउन सम्बन्धीत पक्ष र आम जनतामा सावर्जनिक अपिल गरेको छ । साथै विज्ञप्तिमा राजनैतिक दल नजिक मानिने केही विचौलियाको मिलेमतोमा देवेन्द्र केसी र पदम केसीको नाममा उक्त जग्गा भाडा सम्झौता गरिएको भन्दै उक्त विषय गम्भीर भएको पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :