युवा सङ्गठनको सर्लाही–महोत्तरी सम्मेलन सम्पन्न

युवा सङ्गठनको सर्लाही–महोत्तरी सम्मेलन सम्पन्न

काठमाडौँ : एकीकृत जनक्रान्तिका लागि व्यापक संगठनलाई सुदृढ तथा बिस्तार गरौँ ! वैज्ञानिक समाजवादको पक्षमा जनमत सृजना गर्दै प्रथम जिल्ला सम्मेलन भव्यरुपले सफल पारौँ !! भन्ने मुल नाराका साथ युवा संगठन नेपाल सर्लाही–महोत्तरी जिल्लाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य दिनेशको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा सर्लाही–महोत्तरी जिल्ला इन्चार्ज कमल, सचिव जनक, युवा संगठनका जनकपुर व्युरो इन्चार्ज बिचारमान थिङ, अखिल क्रान्तिकारीका जनकपुर संयोजक झलक, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा जनकपुर व्युरो संयोजक बिहानी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष किसुनदेव शर्मा, मधेशी मुक्ति मोर्चा नेपालका जिल्ला संयोजक राजेन्द्र राम लगायतको उपस्थिति थियो ।

शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि दिनेशले दलाल संसदीय व्यवस्था असफल भएका कारण अपरिहार्य वैज्ञानिक समाजवादका लागि युवाहरू एकीकृत जनक्रान्तिमा लाग्नुपर्ने बताए । साथै उनले सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति अक्षरस पालना गर्नुपर्ने बताए ।

आइतबार सम्पन्न सम्मेलनले तिलकको अध्यक्षतामा १९ सदस्य समिति निर्वाचित भएको छ । जसको उपाध्यक्ष सुमन शाह, सचिव भरत पुलामी मगर, सह–सचिव टोपराज, कोषाध्यक्ष नगिना देवि महरा निर्वाचित भएका छन् । कार्यक्रमको सञ्चालन र अध्यक्षता तिलकले गरेका थिए । लालबन्दी चोकबाट पर्वी राधाकृष्ण भवनसम्म सयौँ युवाको र्याली राधाकृष्ण सामुदायिक भवनमा प्रवेश गरेर बन्दसत्र सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :