कैलालीमा मोटरसाइकल ठक्करबाट बालकको मृत्यु

कैलालीमा मोटरसाइकल ठक्करबाट बालकको मृत्यु

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलाली जिल्लाको गोदावरी नगरपालिका स्याउलेमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले ५ वर्षीय बालक आयुस जोशीको मृत्यु भएको पुष्टि गरे । मोटरसाइकलको ठक्करबाट घाइते भएका जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालकको अझै पहिचान हुन सकेको छैन । स्थानीयले ठक्कर दिने चालकलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :