युवा सङ्गठन नेपाल कपिलवस्तुको भेला सम्पन्न

युवा सङ्गठन नेपाल कपिलवस्तुको भेला सम्पन्न

शिवगढी : युवा सङ्गठन नेपाल कपिलवस्तुको शिवगढी गाउँ समितिको दोस्रो भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले संजय चौधरीको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति चयन गरेको छ ।

जसको उपाध्यक्ष शिवराज चौधरी, सचिव शेरबहादुर बिष्ट ‘अन्जन’, सह–सचिव नेत्र राना, कोषाध्यक्ष सर्जु बिष्ट रहेका छन् । यस्तै सदस्यहरूमा वनवारीलाल थारू, रुपमा जगेश्वर राना, पुरण राना, उषा थारु, विशाल मल्ल, राजेश चौधरी, कृष्णबहादुर सुनार, सुन्दर घर्तीमगर, गोपाल रोका, महमद नाजिल मिया र किरण चौधरी चयन भएका छन् ।

भेलामा मन्तव्य राख्दै प्रमुख अतिथि युवा सङ्गठनका लुम्बिनी व्युरो इन्चार्ज बिश्लेषणले दलाल संसदीय व्यवस्था परिवर्तन गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि आबद्ध हुन युवाहरूलाई आग्रह गरे । अहिलेको संसदीय व्यवस्थाले देशमा प्रयाप्त रोजगार सिर्जना गर्न नसकेको कारणले लाखौँ युवाहरू बिदेश पलायन हुन बाध्य भएको भन्दै विश्लेषनले बिदेशबाट दैनिक ५ देखि १० वटा लास नेपाल आउने गरेको बताए । युवा लगायत सबै खाले समस्याहरूको समाधान वैज्ञानिक समाजवादी व्यवस्थामा हुने दावी उनले गरे ।

भेलामा नेकपाका अर्घाखाँची इन्चार्ज माहुरीले देशको अवस्था निकै दर्दनाक हुनुको पछाडि यहाँको संसदीय व्यवस्था जिम्मेवार रहेको भन्दै संसदीय व्यवस्था खारेज गरि वैज्ञानिक समाजवाद ल्याउनै पर्ने कुरामा जोड दिए । भेलामा युवा सङ्गठन नेपालका कपिलवस्तु अध्यक्ष बादल, पाल्पा अध्यक्ष लिला, नेकपा शिवगढी गाउँ समिति सेक्रेटरी पाबेल, कृष्ण चौधरी, युवा संगठनका कपिलवस्तु सदस्य अजय शाह, विनोद शाह र विजय शाह, शिवगढी गाउँ समिति सदस्य पुरण रोका उपस्थित थिए ।

शिवगढीका ५५ जना युवाहरूको सहभागिता रहेको यस भेलाको अध्यक्षता शिवगढी गाउँ समितिका भूपु अध्यक्ष दिलिप चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :