हुम्लाका गाउँहरु अभियानमय

हुम्लाका गाउँहरु अभियानमय

हुम्ला : नेपाल कम्युनिस्ट पार्टी हुम्ला अभियान सङ्गठन विस्तार अभियान लिएर गाउँगाउँमा पुगेको छ । पार्टीमाथि लागेको प्रतिबन्ध हटेपछि नेकपा सङ्गठन सुदृढ तथा विस्तार अभियान लिएर जनता माँझ पुगेको हो ।

हुम्ला जिल्लामा पार्टी र जनवर्गीय सङ्गठन गाउँगाउँ पुगेर सङ्गनहरु गठन पुनर्गठन गर्ने काममा लागेको हुम्लाबाट कमल सिंहले जानकारी दिएका छन् । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको नेतृत्व हुम्ला जिल्ला जनसरकार प्रमुख विश्वदिपले गरिरहेका छन् । उनका अनुसार अभियान अन्तर्गत जनसभा छलफल, भेटघाट तथा अन्तरक्रिया भैरहेको छ ।

हुम्लाका अदानचुली, ताँजाकोट, पाल्स लगायतका स्थानमा कोणसभा, विद्यालयहरूमा सङ्गठन विस्तार, सांस्कृतिक कार्यक्रम, बैठक, भेलाहरू सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :