विप्लवको सचिवालयले भन्यो

‘हामी ३ बुँदे सहमतिप्रति प्रतिबद्ध छौँ, झुटो प्रचारबाजी बन्द गर’

विप्लवको सचिवालयले भन्यो

काठमाडौँ : नेपालका केही सञ्चारमाध्यमले ‘गुमनाम विप्लव’ शीर्षकको समाचार प्रकाशित गरेपछि नेकपाका महासचिव विप्लवको सचिवालयले त्यसको खण्डन गरेको छ ।

महासविच विप्लवको सचिवालयका तर्फबाट असलले शनिबार प्रेस नोट जारी गर्दै चैत २७ गते केही सञ्चारमाध्यममा प्रकाशित समाचारले भ्रम उत्पन्न गरेकोले यस्ता समाचारमा सत्यता नभएको बताएका छन् ।

प्रेस नोटमार्फत असलले आफ्नो पार्टी र महासचिव विप्लव राजनीतिक तथा साङ्गठनिक काममा व्यस्त रहेको जानकारी गराएका छन् । सरकार र आफ्नो पार्टीबीच गत फागुन २१ मा भएको सहमति मन नपराउने तत्वहरूले उक्त सहमति भाँड्न यस्तो प्रचारबाजी गरेको पनि असलको प्रेस नोटमा उल्लेख छ । साथै उनले यस्ता अनुचित प्रचारबाजी बन्द गर्न पनि आग्रह गरेका छन् ।

असलले प्रेस नोटमा भनेका छन् ‘हाम्रो पार्टी र महासचिव कमरेड विप्लव पार्टीको राजनीतिक सङ्गठनात्मक काममा व्यस्त रहेको कुरा पनि जानकारी गराउँछौँ । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २१ गते भएको सहमतिलाई भाँड्ने प्रवृत्तिद्वारा प्रेरित प्रचारबाजी मात्र भएको स्पष्ट गर्दछौँ । साथै यस्ता अनुचित प्रचारबाजी बन्द गर्न पनि अनुरोध गर्दछौँ । हाम्रो पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको यहि प्रेस नोटमार्फत अवगत गराउँछौँ ।’

केही सञ्चारमाध्यमले ‘गुमनाम विप्लव’ भन्ने भ्रमपूर्ण समाचार प्रकाशित गरेपछि आम मानिसमा पर्न गएको भ्रम चिर्न विप्लवको सचिवालयले शनिबार प्रेस नोट जारी गरेर यसको खण्डन गरेको हो । फागुन २१ मा सरकारसँग भएको ३ बुँदे सहमति पछि नेकपा आफ्नो खुल्ला राजनीतिक गतिविधिमा व्यस्त रहेको छ । अहिले नेकपाका जनवर्गीय सङ्गठन देशैभरि भेला, सम्मेलन, सङ्गठन गठन, पुनर्गठन, प्रशिक्षण तथा दिवसहरु अभियानकै रुपमा मनारहेका छन् । नेकपा निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घ, ट्रेड युनियन अन्तर्गतका विभिन्न सङ्घ सङ्गठनका राष्ट्रिय भेला सम्मेलन सम्पन्न भैसकेका छन् भने विद्यार्थी युवा लगायत सङ्गठनले राष्ट्रिय सम्मेलनको व्यापक तयारी गरिहेका छन् । प्रेस नाेटको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :