चालक नहुँदा थन्कियो एम्बुलेन्स, बिरामीले सेवा पाएनन्

चालक नहुँदा थन्कियो एम्बुलेन्स, बिरामीले सेवा पाएनन्

अछाम : चालक नहुँदा जिल्ला अस्पताल अछामको एम्बुलेन्स थन्किएको छ । सामाजिक विकास मन्त्रालयले वितरण गरेको एम्बुलेन्स विगत ३ महिनादेखि चालक नहुँदा थन्किएको हो ।

सुदूर–पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गम्भीर प्रकृतिका बिरामीलाई सुविधा सम्पन्न अस्पतालसम्म लैजान सजिलो होस् भनेर वितरण गरेको एम्बुलेन्स चालक नभएर थन्किए पछि सेवाग्राहीले सेवा पाउन नसकेका हुन् । एम्बुलेन्स चलाइरहेका चालकलाई अस्पताल प्रशासनको गाडी चलाउन लगाइएपछि एम्बुलेन्स चालक बिहीन भएको हो । लामो समयदेखि चालक बिहीन एम्बुलेन्सको चालक भर्ना गर्ने कुनै पनि प्रकृया आगाडि नबढेको समेत खुल्नमा आएको छ । अस्पतालका अन्य सेवा पनि फितलो रहेको जनगुनासो रहेको छ ।

अस्पतालमा दरबन्दी र आवश्यकता अनुसारको जनशक्ति पुर्ति हुन नसकेको र करारका कर्मचारीले अस्पतालको सेवा सञ्चालन गरिरहेको अस्पताल कि सूचना अधिकारी गङ्गा बुढामगरले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :