पशुपति बहुमुखी क्याम्पस चाबहिलमा इकाई सम्मेलन

पशुपति बहुमुखी क्याम्पस चाबहिलमा इकाई सम्मेलन

काठमाडौँ : पशुपति बहुमुखी क्याम्पस चाबहिलमा सुबास महतको नेतृत्वमा ३७ सदस्यीय मूल इकाई समिति गठन भएको छ । अध्यक्षमा सुबास महत, उपाध्यक्ष बजिरसिंह ढोली, सचिव सुरज ढुंगाना, सह–सचिव अजित भेटुवाल र कोषाध्यक्ष अनु गुरुङ रहेका छन् ।

“दलाल पुँजीवाद र भ्रष्ट राजनीतिको उन्मूलन, वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको निम्ति १८ औँ इकाई सम्मेलन” भन्ने मूल नाराका साथ सम्पन्न भएको छ । संगठनका केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला इन्चार्ज मदन केसीको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

मदन केसीले वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको निम्ति युवा विद्यार्थी एक भएर लडे चाँडै प्राप्त हुने हुँदा विद्यार्थीलाई एक हुन् आह्वान् गरे । जसमा क्याम्पस जिल्ला अध्यक्ष तारा सञ्ज्याल, खगेन्द्र राई, गगन गिरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :