अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन बिस्तार

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन बिस्तार

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले संगठन बिस्तारलाई निरन्तरता दिएको छ । जिल्ला सचिव दिवाकरको नेतृत्वमा जनता कृष्ण माविको कक्षा ९ र १० मा प्रकाश नेपालीको नेतृत्वमा २१ सदस्यीय र ११ र १२ मा करिश्मा आचार्यको नेतृत्वमा २५ सदस्यीय एकाई कमिटी गठन भएको हो ।

प्रशिक्षण दिँदै दिवाकरले घोकन्ते र बुर्जुवा शिक्षा प्रणाली वैज्ञानिक प्रणाली नभएको र अबको आवश्यक्ता भनेको वैज्ञानिक शिक्षा प्रणाली लागू गर्नुपर्ने र यस प्रणाली ल्याउन वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र सम्भव रहेको बताएका छन् । उक्त कार्यक्रमको सञ्चालन विद्यार्थी नेता रोमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :