अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)को सङ्गठन विस्तार

अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)को सङ्गठन विस्तार

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सङ्गठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । यसैबीच आइतबार सन्धिखर्कको जनज्योति माविमा क्रान्तिकारीले एक कार्यक्रम गरेको छ ।

कार्यक्रममा क्रान्तिकारीका जिल्ला अध्यक्ष नवीन खड्काले अर्घाखाँचीका विद्यालयहरुबाट लिएको अतिरिक्त शुल्क, मार्गसिट, ड्रेसहरु इत्यादी अथवा विभिन्न बाहानामा लिएको शुल्कको बिरुद्धमा विभिन्न चरणबाट आन्दोलन गर्ने घोषणा गरे । साथै उनले विद्यार्थी हकहितका लागि अखिल (क्रान्तिकारी) सदैव तयार रहेको बताए ।

बिक्रम नेपालीको नेतृत्वमा ११ सदस्यीय एकाई कमिटी गठन भएको छ । उक्त कार्यक्रमको सञ्चालन जिल्ला सचिव दिवाकरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :