नेकपा बाजुराद्वारा बुवा धनलाल थापाप्रति श्रद्धाञ्जली

नेकपा बाजुराद्वारा बुवा धनलाल थापाप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाजुराले युवा संगठन नेपालका जिल्ला सदस्य तथा एकीकृत जनक्रान्तिको महान् यात्रामा झुठ्ठा मुद्दामा जेल जीवन बिताइरहेका अम्मलाल थापाका बुवा धनलाल थापाको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

जिल्ला इन्चार्ज एण्ड्रिजले शुक्रबार शोक वक्तव्यमार्फत बाजुरा जिल्ल हिमाली गाउँपालिका वडा नं. १ को नेटामा बुवा धनलाल थापाको २०७७/१२/१९ गतेका दिन बिरामीका कारण निधन भएको खबरले अत्यन्तै दुःखी भएको भन्दै मृत शरिरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

जिल्ला इन्चार्ज एण्ड्रिजले शोक वक्तव्यमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी बाजुराको युवा संगठन नेपालका जिल्ला सदस्य तथा एकीकृत जनक्रान्तिको महान् यात्रामा झुठ्ठा मुद्दामा जेल जीवन बिताइरहेका कमरेड अम्मलाल थापाका बुवा धनलाल थापाको हिजो २०७७/१२/१९ गतेका दिन आफ्नै घर बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं. १ को नेटामा बिरामीका कारण निधन भएको खबरले हाम्रो पार्टी अत्यन्तै दुःखी भएको छ । यस दुःखद् घडीमा उहाँको मृत शरिरप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :