दलित मुक्ति मोर्चा पाल्पाको अध्यक्षमा ठडराइ

दलित मुक्ति मोर्चा पाल्पाको अध्यक्षमा ठडराइ

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मोर्चा, नेपाल पाल्पाको सातौँ जिल्ला सम्मेलन तानसेनमा सम्पन्न भएको छ । सामाजिक दलाल पुँजीवादीको आधुनिक दासताका विरुद्धमा सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादका पक्षमा दलित मुक्तिको लागि ७ औँ जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ पाल्पाको तानसेनमा उद्घाटन भएको हो ।

सम्मेलनमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जिल्ला इन्चार्ज पूर्णसिंहले दलित समुदायको मुक्तिका निम्ति आफ्नो पार्टीले अघि बढाइरहेको एकीकृत जनक्रान्तिलाई साथ दिन आव्हान् गर्दै वैज्ञानिक समाजवाद स्थापनाको निम्ति सबै एकजुट भएर दलाल राज्य व्यवस्था विरुद्ध संघर्षमा उत्रिनुपर्ने बताए ।

उक्त सम्मेलनको बन्द शत्रले लालबहादुर ठडाराइको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । साथै सम्मेलनले टोपबहादुर बिकको संयोजकत्वमा सल्लाहकार समिति समेत निर्माण गरेको छ ।

कार्यक्रममा नवलपरासी जिल्ला इन्चार्ज धिरज राना, मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी संयोजक जीतबहादुर रसाइली, जिल्ला जनपरिषद् पाल्पाका प्रमुख मीन आले, दलित मुक्ति मोर्चा, गुल्मीका अध्यक्ष बसन्त गैरे, विश्वकर्मा समाज मोर्चा बुटवलका अध्यक्ष हुमबहादुर बिक लगायतले उत्पीडित जाति र वर्गको मुक्तिका निम्ति सबै एक भएर क्रान्तिमा लाग्नुपर्ने बताए ।

कार्यक्रम मोर्चाका पाल्पा जिल्ला सचिव सुदिप बिकको सञ्चालन, कोषाध्यक्ष विद्या बिकको स्वागत मन्तव्य र निवर्तमान जिल्ला अध्यक्ष निशान बिकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :