मेची–कोशी ब्युरोका जिल्लाहरूमा भित्तेलेखन तथा संगठन विस्तार

मेची–कोशी ब्युरोका जिल्लाहरूमा भित्तेलेखन तथा संगठन विस्तार

झापा : नेपाल कम्युनिस्ट पार्टीले मेची–कोशी ब्युरो अन्तर्गतका विभिन्न जिल्लाहरूमा संगठन विस्तार एवम् भित्तेलेखन अभियानलाई तिव्र बनाएको छ । पार्टीका सबै भातृ संगठनहरू यतिबेला झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरूमा धमाधम भित्तेलेखन गरिरहेका छन् ।

युवा संगठन नेपालले संगठन विस्तार अभियानको उद्घाटन गर्दै भित्तेलेखन तथा संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । सबै कम्युनिस्ट बामपन्थी, देशभक्त एकताबद्ध बनौँ, वैज्ञानिक समाजवादी सत्ता प्राप्तिका लागि अगाडि बढौँ, एकीकृत जनक्रान्ति जिन्दावाद, लगायतका नाराहरू जिल्लाका विभिन्न स्थानहरूमा भित्तेलेखन अभियान चलाएको छ ।

त्यसैगरी अखिल (क्रान्तिकारी) मेची–कोशी ब्युरोले पनि वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना गरौँ, वैज्ञानिक समाजवाद जिन्दावाद, शिक्षामा भएको माफियाकरणको अन्त्य गर, दैत्य शिक्षा प्रणालीको अन्त्य गर लगायतका विभिन्न नाराहरू लेख्दै जिल्ला सम्मेलन तथा २२ औँ राष्ट्रिय सम्मेलनको तिव्र तयारी गरिरहेको जनाइएको छ ।

युवा संगठन नेपाल झापाले बिहीबार झापाको दमकबाट युवा जागरण तथा संगठन बिस्तार अभियान औपचारिक रुपमा सुरु गरेको थियोे । प्रतिबन्ध हटेसँगै यतिबेला ब्युरो अन्तर्गतका विभिन्न जिल्लाहरूमा नेकपाको संगठन विस्तार तथा भित्तेलेखन अभियानले जिल्लाहरू नेकपामय बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :