माओवादी सेनाको एम्बुसमा ६ सुरक्षाकर्मी मारिए

माओवादी सेनाको एम्बुसमा ६ सुरक्षाकर्मी मारिए

काठमाडौँ : भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का सेनाले थापेको एम्बुसमा परी ६ जना सुरक्षार्कीको मृत्यु भएको छ । भारतको बस्तर डिभिजन अन्तर्गत बिजापुर जिल्लाको तारेम जङ्गलमा शनिबार भएको उक्त घटनामा सय भन्दा बढि घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

माओवादीहरूले तालिम गरिरहेको भन्ने सूचनाको आधारमा सर्च अप्रेसनमा गएको ४ सय जनाको फोर्समाथि भएको एम्बुस आक्रमणमा ६ जना सुरक्षाकर्मीको मृत्यु भएको र मृतकको सङ्ख्या त्यो भन्दा बढि हुनसक्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । केही दिन पहिले मात्र सोही क्षेत्रमा माओवादी एम्बुसमा परेर ५ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको थियो । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :