बाँकेमा सय बढि घर जलेर नष्ट

बाँकेमा सय बढि घर जलेर नष्ट

काठमाडौँ : देशका विभिन्न ठाउँमा आगलागीका घट्ना भइरहेको बेला बाँकेको नरैनापुर गाउँपालिका ४ खोदवा गाउँमा भएको आगलागीबाट एक सय भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

बाँके प्रहरीका अनुसार शनिबार दिउँसो भएको आगलागीमा परी ४ जना घाइते समेत भएका छन् । घाइतेको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी पाँच वटा दमकल प्रयोग गरिएको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन नभैसकेकोले कति क्षति भयो भन्नेबारेमा एकिन भैसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :