नेकपा दाङका नेताकार्यकर्ताहरु श्रमदानमा व्यस्त

नेकपा दाङका नेताकार्यकर्ताहरु श्रमदानमा व्यस्त

 दाङः  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु दाङमा यतिबेला जनश्रमदानमा व्यस्त रहेका छन् ।

नेकपा दाङ जिल्ला अन्तर्गत शान्तिनगर गाउँपालिकामा आज बिहान जनताको गहुँ काटेर जनश्रमदान गरेको शान्तिनगर गाउँपालिका इन्चार्ज विवेकले जानकारी दिए । उनले भने, `हामी यतिबेला जनताको खेतबारीमा श्रमदान गरिरहेका छौँ ।`

शान्तिनगर गाउँपालिका इन्चार्ज विवेकका अनुसार जनश्रमदानमा करिब २५ जना पार्टी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । श्रमदानमा नेकपा शान्तिनगर सेक्रेटरी राजेन्द्र बहादुर विश्वकर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघ शान्तिनगर अध्यक्ष बिद्रोही, किसान महासंघ शान्तिनगर अध्यक्ष खड्क जैसी, युवा संगठन नेपाल शान्तिनगर अध्यक्ष तिलक फुलामीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :