अखिल क्रान्तिकारी कैलालीद्वारा शुल्क घटाउन माग

अखिल क्रान्तिकारी कैलालीद्वारा शुल्क घटाउन माग

धनगढी : अखिल (क्रान्तिकारी) कैलालीले शुल्क घटाउँन माग गर्दै कैलाली बहुमुखी क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीले विद्यार्थीको ढाडसेक्ने गरि लगिँदै आएको चर्को शुल्क घटाएर सबैको पहुँच पुग्नेगरि शुल्क निर्धारण गर्न माग समेत गरेको छ ।

विगतमा सामुदायिक क्याम्पसका रूपमा स्रोत व्यवस्थापन गर्नुपर्ने कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस भइसक्दा विद्यार्थीबाट लिइने शुल्कमा भिन्नता नदेखिएको भन्दै क्रान्तिकारीले शुल्क घटाउँन माग गरेको हो ।

शुक्रबार क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै अखिल (क्रान्तिकारी) कैलाली संयोजक सुवास किरण जोशीले कैलाली बहुमुखी क्याम्पस, गरिब जनताका छोराछोरी अध्ययन गर्ने क्याम्पस भएको बताउँदै तत्काल न्युनतम शुल्क तोक्न माग गरे । ज्ञापनपत्र बुझ्दै क्याम्पस प्रमुख डा.पदमराज जोशीले अखिल क्रान्तिकारीको मागप्रति आफु सकारात्मक रहेको बताउँदै कार्यान्वयनको लागि पहल गर्ने बताए ।

ज्ञापनपत्र बुझाउदा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजङ्ग सिंह, कैलाली संयोजक किरण जोशी लगायतका नेता–कार्यकर्ता सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :