संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादमा बृहत् विमर्श हुँदै

संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादमा बृहत् विमर्श हुँदै

काठमाडौँ : राजनीतिक समस्याको समाधान संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भन्ने बिषयमा काठमाडौँमा बुद्धिजीवीहरुले बृहत विर्मश गर्दैछन् ।

शनिबार अर्थात चैत्र २१ गते काठमाडौँको रत्नपार्कमा रहेको विद्युत प्राधिकरणको हलमा हुन लागेको उक्त अन्तरक्रियामा नेकपाका प्रवक्ता प्रकाण्ड, नेकपाका नेता सिपी गजुरेल, लोकनारायण सुवेदी, नेकपाका नेता अनिल शर्मा, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नारायण शर्मा, प्रा. रमेश शर्मा, प्रा. कृष्ण वेलवासे, डा. इन्द्र अधिकारी, डा. केदार नरसिहं केसी वक्ता छन् ।

प्रगतिशील, देशभक्त र गणतान्त्रिक बुद्धिजीवीहरुको एकता, एकीकृत जनक्रान्तिको आवश्यकता र अनिवार्यता भन्ने नारासहित नेपाल राष्ट्रिय वुद्धिजीवी सङ्गठनको आयोजनामा हुन लागेको उक्त अन्तरक्रियामा सङ्गठनको तर्फबाट अवधारणापत्र प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :