विप्लवद्वारा अम्मलालका बुवा धनलाल थापाप्रति श्रद्धाञ्जली व्यक्त

विप्लवद्वारा अम्मलालका बुवा धनलाल थापाप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले युवा सङ्गठन नेपालका बाजुरा जिल्ला सदस्य अम्मलाल थापाका बुवा धनलाल थापाको निधन भएकोप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शुक्रबार समवेदना वक्तव्य जारी गर्दै नेकपाका महासचिव विप्लवले लामो समयदेखी बाजुरामा जेल जीवन बिताईरहेका नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठनका अम्मलालका बुवा धनलालप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

महासविच विप्लवको शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी बाजुराको युवा सङ्गठन नेपालका जिल्ला सदस्य हाल झूट्टा मुद्दामा जेलजीवन बिताईरहनुभएका कमरेड अम्मलाल थापा ‘आशिष’का बुवा धनलाल थापाको हिजो २०७७।१२।१९ गते बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं. १ नेटामा निधन भएको खबरले पार्टीलाई दुःखी बनाएको छ । यस दुःखद् घडीमा मृतक बुवा धनलालप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :