लमजुङमा किसानको भेला सम्पन्न

लमजुङमा किसानको भेला सम्पन्न

लमजुङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लमजुङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । लमजुङको दोर्दी गाउँपालिकाको कान्छागाउँमा सम्पन्न भेलाले केशव दवाडीको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गण्डक ब्युरो संयोजक सागर अर्यालले सरकारबाट पाउने सेवा सुबिधा र अनुदानबाट वास्तविक किसान बञ्चित भएको तर कागजी प्रक्रिया मात्र पूरा गरेका नक्कली किसानहरुले अनुदान पाउने गरेको बताए ।

बिहीबार सम्पन्न भेलालाई सम्बोधन गर्दै नेकपाका लमजुङ इन्चार्ज आक्रोशले जमिनको स्वामित्व वास्तविक किसानमा रहनु पर्नेमा मुठ्ठीभर दलालहरुको हातमा रहेकोले किसानहरुले संघर्ष गर्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :