अखिल (क्रान्तिकारी) चितवन र मकवानपुर राष्ट्रिय सम्मेलनको तयारीमा

अखिल (क्रान्तिकारी) चितवन र मकवानपुर राष्ट्रिय सम्मेलनको तयारीमा

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुर र चितवन आउँदो जेठमा हुने सङ्गठनको राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर साङ्गठनिक गतिविधिमा जुटेका छन् ।

अखिल (क्रान्तिकारी)का नारायणी ब्युरो संयोजक प्रकाश जप्रेल, मकवानपुरका अध्यक्ष विवेक घलान र चितवनका संयोजक रेम्बोर्जेको नेतृत्वमा सम्मेलनको तयारी व्यापक रुपमा भैरहेको क्रान्तिकारीले जनाएको छ ।

सम्मेलनको तयारीको लागि मकवानपुर र चितवन जिल्लाका विद्यार्थी नेताकार्यकर्ताहरुलाई व्यापकरुपमा परिचालन गरिएको विभिन्न कार्यक्रमहरु भइरहेको क्रान्तिकारीले जनाएको छ । अखिल(क्रान्तिकारी)ले मकवानपुरको सदरमुकाम हेटौंडा उपमहानगरपालिका भित्र संङ्गठन निर्माण र भित्तेलेखन गरिरहेको छ ।

उता चितवनमा पनि अखिल (क्रान्तिकारी) ले जिल्ला सम्मेलन तथा राष्ट्रिय सम्मेलनकै तयारीको क्रममा जिल्लाका विभिन्न विद्यालय क्षेत्रहरूमा सङ्गठन विस्तारका साथै भित्तेलेखन कार्यमा तीव्रता दिइरहेको छ । केन्द्रले तोकेको समयभित्रै तयारीको सबै काम सक्ने प्रयत्नका साथ अखिल (क्रान्तिकारी) चितवन जुटिरहेको छ । त्यस्तै गरि दुबै जिल्लामा क्रान्तिकारीले नगरभित्रका क्याम्पसहरूमा क्याम्पस भेला पनि गरिरहेको छ ।

सङ्गठनले तय गरेको कार्यदिशा विद्यार्थीहरुका माग, मुद्दा र एजेन्डाहरुको बारेमा आम विद्यार्थी तथा जनतालाई बुझाउने कार्यमा विद्यार्थी सङ्गठन लागेको त्यहाँबाट हाम्रा समाचारदाताले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :