युवा संगठन नेपाल नवलपुरको जिल्ला सम्मेलन हुने

युवा संगठन नेपाल नवलपुरको जिल्ला सम्मेलन हुने

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नवलपुरको दोस्रो जिल्ला सम्मेलन हुने भएको छ । सङ्गठनको बिहीबार बसेको चौथौं विस्तारित बैठकले आउँदो बैशाख १६ गते दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले अविनाशको संयोजकत्वमा १५ सदस्यीय दोस्रो जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । ‘दलाल पुँजीवादी संसदीय व्यवस्थाविरूद्ध सशक्त युवा आन्दोलन, वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको लागि दोस्रो नवलपुर जिल्ला सम्मेलन !’ भन्ने सम्मेलनको मूलनारा तय गरिएको संगठनका अध्यक्ष अविनाशले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :