दलित मुक्ति मोर्चा लमजुङ्को प्रथम भेला

दलित मुक्ति मोर्चा लमजुङ्को प्रथम भेला

लमजुङ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपालको लमजुङको प्रथम भेला सम्पन्न भएको छ । जिल्लाको दोर्दी गाउँपालिकाको कान्छागाउँमा बिहिबार सम्पन्न भेलाले सुरेश बिकको नेतृत्वमा ११ जना सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपाका जिल्ला इन्चार्ज जे.बि. भण्डारी ‘आक्रोश’ ले समाजवादमा मात्र जातिय मुक्ति हुने भएकोले वैज्ञानिक समाजवाद स्थापनाको लागि सबै एक हुनु पर्ने बताए । भेलामा दलित मुक्ति मोर्चा नेपालका गण्डक व्युरो संयोजक उमेश सिकेले वर्गीय मुक्ति सँगसँगै जातीय मुक्ति पनि हुने बताए ।

भेलामा पार्टीका गण्डक ब्युरो सदस्य संघर्ष, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का गण्डक ब्युरो संयोजक सागर अर्याल, अखिल (क्रान्तिकारी) लमजुङ संयोजक राजन साउँद, महान जनयुद्धका सहिद परिवारले विशेष मन्तव्य राखेका थिए ।

जेष्ठ नागरिक टेक तारा बोहराको अध्यक्षतामा सम्पन्न भेलालाई गौरवले स्वागत गरेका थिए भने सञ्चालन कुमार परियार ‘नदि’ ले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :