संसदीय व्यवस्थाले युवाहरुलाई विदेश पलायन गरायो

संसदीय व्यवस्थाले युवाहरुलाई विदेश पलायन गरायो

तनहुँ : युवा सङ्गठन नेपाल गण्डक ब्युरो अन्तर्गत तनहुँको ब्यास नगरपालिकामा राजकुमारको नेतृत्वमा १७ सदस्यीय नगर समिति गठन गरिएको छ । नेकपा तनहुँका इन्चार्ज निशान, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा गण्डक, धौलागिरी ब्युरो इन्चार्ज बिजयकुमारको उपस्थिति रहेको एक कार्यक्रममा उक्त समिति गठन गरिएको हो ।

कार्यक्रममा युवा सङ्गठनका व्युरो इन्चार्ज बिजयकुमारले युवाहरूलाई प्रशिक्षित पार्दै दलाल पुँजीवादी संसदीय व्यवस्थाले युवाहरुलाई विदेश पलायत गराउने काम गरेको भन्दै मुलूकमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने बताए । पञ्चायती व्यवस्थामा निर्माण गगिरएका उद्योग कलकारखाना समेत विदेशी दलालहरूलाई कौडीको भाउमा बेचेर युवाहरूलाई खाडी मुलूकमा भौतारीन बाध्य बनाएको उनले बताए । विजयकुमारले विदेशको गल्ली गल्लीमा छरिएर बसिरहेका सबै युवाहरु एकीकृत जनक्रान्तिको झण्डामूनि गोलबन्द संसदीय ब्यवस्थाको अन्त्य र बैज्ञानिक समाजबाद स्थापनाको बाटोमा लाग्नुपर्नेकुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :