दलित मुक्ति मोर्चा, नेपाल डडेल्धुराको दोस्रो जिल्ला सम्मेलन

दलित मुक्ति मोर्चा, नेपाल डडेल्धुराको दोस्रो जिल्ला सम्मेलन

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपाल डडेल्धुराको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । आलिताल गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज दौलत बिष्टको प्रमुख आथित्यतामा सम्मेलन सम्पन्न भएको हो ।

उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि दौलतले उत्पीडित र दलित समुदायको हकहितका लागि संघर्ष गर्न आफ्नो पार्टीले कुनै पनि किसिमको सम्झौता नगर्ने बताए । उनले सरकारले छुवाछुत मुक्त मुलुक घोषणा गरेपनि अझै पनि त्यो चंगोलबाट दलित समुदायहरु माथि उठ्न नसकेको बताएका छन् । दलित मुक्तिको लागि अब दलितबाट नै आन्दोलन हुनु पर्ने पनि दौलतले बताए ।

सम्मेलनबाट बसन्त दमाईको अध्यक्षतामा २१ सदस्सीय दलित मुक्ति मोर्चा, नेपालको जिल्ला कमिटी चयन गरिएको छ । उक्त कार्यक्रममा अतिथिहरु बिजय, उज्वल, गणेश, शिशिर, सागर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :