खोटाङमा नेकपाका कार्यकर्ताले भित्तेलेखन गर्दा प्रहरीद्वारा हस्तक्षेप

खोटाङमा नेकपाका कार्यकर्ताले भित्तेलेखन गर्दा प्रहरीद्वारा हस्तक्षेप

काठमाडौँ :  खोटाङमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु शान्तिपूर्ण रुपमा पार्टीकाे राजनैतिक सांगठनिक अभियान अन्तर्गत भित्तेलेखन गर्दैगर्दा प्रहरीले हस्तक्षेप गरेको छ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ७ नजिकै भित्तेलेखन गर्दा प्रहरीले हस्तक्षेप गरेको  बताइएको  छ । 

शुक्रबार साँझ साँढे पाँच बजेतिर हलेसी गुफाको प्राङ्गणसँगै जोडिएको सडकको भित्तामा नारा लेख्ने सन्दर्भमा प्रहरीले हस्तक्षेप गरेको  छ । इन्स्पेक्टर दिनेश खरेलको नेतृत्वमा रहेको ईलाका प्रहरी कार्यलयबाट खटिएका प्रहरीहरुले अवरोध गर्न खोजिए पनि प्रतिकार गरि नारा वाल पेन्टिङ गरिएको छ । दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गरौँ भन्ने नारा लेखिएको छ । खोटाङका अन्य भूभागमा समेत नारा लेखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :