जनपत्रकार सङ्गठन पाल्पाको भेला सम्पन्न

जनपत्रकार सङ्गठन पाल्पाको भेला सम्पन्न

पाल्पा : जनपत्रकार संगठन, पाल्पाको प्रथम भेला सम्पन्न भएको छ । शुक्रबार तानसेनमा सम्पन्न उक्त भेलाले किश्मा खड्काको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ ।

पत्रकार संगठनका सदस्यहरुमा रुपा सेन, कविता सारु, सोभा सारु लगायत रहेका छन् । उक्त भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी, पाल्पा इन्चार्ज प्रविण, सेक्रेटरी प्रभात लगायत थिए । भेलाले श्रमजीवी, प्रगतिशील, पेशागत पत्रकारहरुको पक्षमा निस्पक्ष वकालत गर्दै संघर्ष गर्ने निर्यण पनि गरेको छ ।

नेपाल पत्रकार महासंघको चैत २५ गते हुन लागेको निर्वाचनमा जनपत्रकार संगठन, नेपाल एलायन्स भएको कार्यक्रममा सक्रियता पुर्वक सहभागी र प्रचारप्रसार गर्ने निणर्य समेत भेलाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :