लम्कीमा किसान महासंघ क्रान्तिकारीको नगर समिति गठन

लम्कीमा किसान महासंघ क्रान्तिकारीको नगर समिति गठन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले कैलालीको लम्कीचुहामा नगर समिति चयन गरेको छ । लम्कीचुहा नगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गरि खेमराज भण्डारीको संयोजकत्वमा ११ सदस्यीय नगर समिति चयन गरेको हो ।

उक्त कार्यक्रममा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका कैलाली संयोजक मधुसुदन राजवंशी प्रमुख अतिथि रहेका थिए भने लम्कीचुहा नगर इन्चार्ज हृदय बोगटी विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधुसुदन राजवंशीले किसान मजदुरको अधिकार स्थापित गर्न क्रान्तिकारी भूमिसुधार आवश्यक रहेको बताए । वर्तमान दलाल संसदीय व्यवस्थामा किसानका अधिकार सुनिश्चित हुन नसक्ने बताउँदै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा मन्तव्य राख्र्दै नगर इन्चार्ज हृदय बोगटीले जमिनको खण्डिकरण र दलालीकरणले कृषियोग्य जमिन नासिँदै गएको भन्दै यसको नियन्त्रणका लागि किसानहरूको संगठित संघर्ष आवश्यक भएको बताए । किसानले राष्ट्रका लागि धेरै योगदान दिए पनि राज्यले भने उपेक्षा गरिरहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :