अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तार

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तार

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ ।

संगठन विस्तार गर्ने क्रममा सोमबार पाणिनी बहुमुखी क्याम्पसमा बिबिएस तर्फ सुदन आचार्यको नेतृत्वमा ९ सदस्यीय, बिएड तर्फ राजन सुनारको नेतृत्वमा ११ सदस्यीय, अर्घा रजस्थल मावि कक्षा ११÷१२ मा सुदिप जिसीको नेतृत्वमा २५ सदस्यीय, कक्षा १० मा बिपिन थापाको नेतृत्वमा १७ सदस्यीय, कक्षा ९ मा रोसन आचार्यको नेतृत्वमा २३ सदस्यीय र सिद्ध माविमा सुबास बस्नेतको नेतृत्वमा १३ सदस्यीय कमिटी निर्माण गरेको छ ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष नवीन खड्काले वर्तमान संसदीय प्रणालीले विद्यार्थीको हकहित र समस्यालाई समाधान गर्न नसकेको भन्दै रक्त रंन्जित इतिहास बोकेको ९० लाख विद्यार्थीको आशाको धरोहर अखिल (क्रान्तिकारी) को कलम र तारा अंकित झन्डा मुनि गोलबद्ध भएर लाग्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :