दलित मुक्ति मोर्चा गुल्मीको अध्यक्षतामा गैरे

दलित मुक्ति मोर्चा गुल्मीको अध्यक्षतामा गैरे

तम्घास : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल गुल्मीको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले बसन्त गैरेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा केहरसिंह विक, सचिवमा लक्ष्मण विक र कोषाध्यक्षमा झुपा नेपाली रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा लुम्बिनी ब्युरो सदस्य धीरज रानाले दलाल पुँजीवादी राज्यसत्ताबाट सबैभन्दा उत्पीडनमा दलित समुदाय परेको भन्दै दलित मुक्ति वैज्ञानिक समाजवादमा मात्र सम्भव भएको बताए । दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो संयोजक जितबहादुर रसाइलीले दलित समुदायको आन्दोलनलाई वर्ग संघर्षसँग जोडेर लैजानुपर्ने भन्दै त्यसका लागि एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताए ।

भेलामा नेकपा गुल्मी–अर्घाखाँची सेक्रेटरी माहुरी, जिल्ला जनसरकार गुल्मीका प्रमुख तारा बस्नेत, अनेमसंघ क्रान्तिकारी गुल्मीकी अध्यक्ष कमला बराल, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी गुल्मीका अध्यक्ष विनोद पोखरेल, एकीकृत जनआधार अभियानका सदस्य बीरबहादु विक, बुद्धिजीवी भीमकान्त खनाल, प्रवास प्रतिनिधि बाबुलाल नेपाल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

संगठनले राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा देशभर जिल्ला भेला तथा सम्मेलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :