किसान महासंघ गुल्मीको अध्यक्षमा पोखरेल

किसान महासंघ गुल्मीको अध्यक्षमा पोखरेल

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले विनोद पोखरेलको अध्यक्षमा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्ष विरबहादुर नेपाली, सचिव इन्द्रबहादुर सुनार, सहसचिव लक्षिमा पोखरेल र कोषाध्यक्ष कृष्णबहादुर बस्नेत रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा लुम्बिनी ब्युरो सदस्य धिरज रानाले संसदीय राज्यसत्ताबाट किसानहरु सबैभन्दा उत्पीडनमा परेको भन्दै किसान वर्गको मुक्तिका लागि संघर्षको विकल्प नभएको बताए । उनले किसानहरुको पक्षमा पार्टीले संघर्ष गरेको भन्दै किसान महासंघमा सम्पूर्ण उत्पीडिन किसानहरु जोडिनुपर्ने बताए ।

नेकपा गुल्मी–अर्घाखाँची सेक्रेटरी माहुरीले दलाल राज्यसत्ताका कारण किसान र पुँजीपति वर्गको आर्थिक धरालत झन् झन् फराकिलो बन्दै गएको भन्दै दुई वर्गबीचको विभेद अन्त्यका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक भएको बताए ।

विनोद पोखरेलको अध्यक्षता, लालचन्द पोखरेलको स्वागत र बसन्त गैरेको सञ्चालनमा सम्पन्न भेलामा विभिन्न अतिथिहरुले आ–आफ्नो भनाईहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :