नेकपा पाल्पाद्वारा बीरबलको निधनप्रति हार्दिक श्रद्धाञ्जली

नेकपा पाल्पाद्वारा बीरबलको निधनप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले महान् जनयुद्धका एक कर्मठ, अथक र निष्ठावान योद्धा गीरबहादुर थापा ‘बीरबल’ को असामयिक निधले मर्माहत तुल्याएको बताएको छ । इन्चार्ज प्रवीण र सेक्रेटरी प्रभातले मङ्गलबार वक्तव्यमार्फत बीरबलको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘रैनदेवी छहरा–१ पाल्पा निवासी गीरबहादुर थापा (कमरेड बीरबल) को असामयिक निधनले हामीलाई मर्माहत तुल्याएको छ । महान् जनयुद्धका एक कर्मठ, अथक र निष्ठावान योद्धा कमरेड वीरबलप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’

थापाको उपचारका क्रममा मङ्गलबार बिहान ४ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :