जनपत्रकार संगठन नेपालको नाममा हस्ताक्षर गर्ने व्यक्ति आधिकारिक होइन : विश्वकर्मा

जनपत्रकार संगठन नेपालको नाममा हस्ताक्षर गर्ने व्यक्ति आधिकारिक होइन : विश्वकर्मा

काठमाडौँ : जनपत्रकार संगठन नेपालले महासंघको निर्वाचनमा गठबन्धन गर्ने प्रयोजनका लागि संगठनको नाममा हस्ताक्षर गर्ने व्यक्ति आधिकारिक प्रतिनिधि नरहेको सम्बन्धित सबैमा जानकारी गराएको छ ।

संयोजक शेरबहादुर विश्वकर्माले मङ्गलबार प्रेस विज्ञप्तिमार्फत चैत ९ गते रुपन्देही जिल्लाको पत्रकार महासंघको निर्वाचनमा गठबन्धन गर्ने प्रयोजनका लागि जनपत्रकार संगठन नेपालको नाममा गरिएको हस्ताक्षरबारे आफ्नो संगठनको ध्यानआकर्षण भएको बताएका हुन् ।

संयोजक शेरबहादुर विश्वकर्माले विज्ञप्तिमा भनेका छन्, ‘यहि चैत ९ गते रुपन्देही जिल्लाको पत्रकार महासंघको निर्वाचनमा गठबन्धन गर्ने प्रयोजनका लागि जनपत्रकार संगठन नेपालको नाममा गरिएको हस्ताक्षरबारे हाम्रो ध्यानआकर्षण भएको छ ।’

विश्वकर्माले विज्ञप्तिको अन्त्यमा भनेको छन्, ‘उक्त सहमतिमा हाम्रो संगठनको नाममा हस्ताक्षर गर्ने व्यक्ति संगठनको आधिकारिक प्रतिनिधि नरहेको कुरा सम्बन्धित सबैमा जानकारी समेत गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :