जनआदर्श बहुमुखी क्याम्पस चितवनमा विद्यार्थी संगठनद्वारा तालाबन्दी

जनआदर्श बहुमुखी क्याम्पस चितवनमा विद्यार्थी संगठनद्वारा तालाबन्दी

काठमाडौँ : चितवनको जनआदर्श बहुमुखी क्याम्पसले विद्यार्थीहरूको मागलाई बेवास्ता गरि लकडाउन अवधिभर लगायतको विभिन्न सुविधाहिन शिर्षकमा शुल्क जबर्जस्ती उठाउँदै आएको भन्दै उक्त क्याम्पसमा तालाबन्दी गरेको छ ।

अखिल (क्रान्तिकारी) जनआदर्श बहुमुखी क्याम्पस मूल इकाई समितिका संयोजक सन्जोक पाठकले एक प्रेस विज्ञप्ति जारी गरि क्याम्पस प्रशासनले विद्यार्थीहरूका मागको बेवास्ता गर्दै शुल्क उठाउँदै आएको भन्दै माग पूरा नभएसम्म आजका मितिबाट क्याम्पसमा तालाबन्दी गरिएको घोषणा गरेका छन् ।

विद्यार्थीहरूको मागलाई बेवास्ता गरि लकडाउन अवधिभर लगायतका विभिन्न सुविधाहिन शिर्षकमा शुल्क जबर्जस्ती उठाउँदै आएको विषयप्रति उक्त संगठनले घोर विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :