युवा संगठन नेपाल म्याग्दीको अध्यक्षमा नवीन विश्वकर्मा

युवा संगठन नेपाल म्याग्दीको अध्यक्षमा नवीन विश्वकर्मा

म्याग्दी : नेकपा धौलागिरि ब्युरो इन्चार्ज ध्रुव घिमिरे ‘विप्लव’ ले आजका युवाहरूको समाधान क्रान्तिले दिने बताएका छन् । उनले पुँजीवादी व्यवस्थाका विरुद्ध युवाहरू सङ्घर्षमा एकीकृत हुन आवश्यक रहेको पनि बताए । युवा सङ्गठन नेपाल म्याग्दीको प्रथम भेलाका अवसरमा नेता विप्लवले उक्त कुरा बताएका हुन् ।

भेलामा सम्बोधन गर्दै नेता विप्लवले विश्वक्रान्तिको इतिहासमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको पनि बताए । एकीकृत जनक्रान्तिमा पनि युवाहरूले काँध थाप्न जरुरी रहेको र एकीकृत जनक्रान्ति विचारको शक्तिशाली हतियार भएको धारणा उनले राखे।

भेलाले नवीन विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सङ्गठनको उपाध्यक्षमा उज्वल केसी, सचिवमा टङ्कप्रसाद पौडेल र कोषाध्यक्षमा मनबहादुर रोका रहेका छन् ।

भेलामा नेकपा म्याग्दी जिल्ला इन्चार्ज दीपा, मुस्ताङ जिल्ला इन्चार्ज फिल्टर, ब्युरो कार्यालय सदस्य नवीन, अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय सचिव उषा घर्तीमगर, युवा सङ्गठन नेपालका ब्युरो इन्चार्ज विजय, अखिल (क्रान्तिकारी) ब्युरो संयोजक सुरेन्द्र बस्नेतलगायतको उपस्थिति थियो । कार्यक्रम नवीन विश्वकर्माको सञ्चालन र रमेश पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :