महोत्तरीमा नेकपाको बृहत् जनसभा

महोत्तरीमा नेकपाको बृहत् जनसभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोको आयोजनामा महोत्तरीको बर्दिबासमा मङ्गलबार बृहत् जनसभा सम्पन्न भएको छ । जनसभामा सर्लाही, महोत्तरी, धनुषा, रौतहट र सिन्धुली जिल्लाका विभिन्न ठाउँबाट हजारौँ जनसमुदाय उपस्थित भएका थिए । महोत्तरीको बर्दिबास बजारका विभिन्न चोकबाट जुलुस आएर जनसभामा परिणत भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा वार्ता टोली सदस्य उदयबहादुर चलाउने ‘दीपक’ ले कार्यक्रमलाई सम्बोधन गर्दै जनता र राष्ट्रलाई केन्द्रमा राखेर वार्ता गरिएको बताए । साथै दीपकले नेकपा र सरकारबीच भएको वार्तालाई टेबुलबाट सबै जनताको घरघरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा चारदलीय रणनीतिक संयुक्त मोर्चाका नेताहरू ऋषिराम कट्टेल र कर्णजित बुढाले पनि सम्बोधन गरेका थिए । जनसभामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको टोली सामना परिवारको बेजोड जनवादी सांस्कृतिक प्रस्तुति रहेको थियो ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसांसद रामकुमार पासवानलगायत सयौँ नेता–कार्यकर्ता विभिन्न पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।

कार्यक्रमको अध्यक्षता पार्टी ब्युरो इन्चार्ज सन्देशले गरेका थिए भने सञ्चालन ब्युरो सदस्य कमल, स्वागत मन्तव्य मिथिला राज्य जनसरकार प्रमुख पवन महतोले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :