अनेमसंघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन सुरु

अनेमसंघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन सुरु

कपिलबस्तु : अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन आज १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सुरु भएको छ । कपिलवस्तुको शिवगढीमा र्यालीसहित सुरु भएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले उद्घाटन गरेका छन् ।

“महिला हिंसा र फासिवादी दमनका विरुद्ध हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन !!” भन्ने मूल नाराका साथ महिला जनसमुदायहरुको भव्य र्याली शिवगढी गाउँ परिक्रमा गरेको थियो ।

कार्यक्रममा पार्टीका महासचिव विप्लव, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लगायत अन्य अतिथिहरुको सहभागिता रहेको छ र बोल्ने क्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :