बन्द पर्खाल भित्ररहेका सुदर्शनले पूर्ण मुक्ति र स्वतन्त्रताको शुभकामना दिए

बन्द पर्खाल भित्ररहेका सुदर्शनले पूर्ण मुक्ति र स्वतन्त्रताको शुभकामना दिए

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले १११औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाहरुको पुर्ण मुक्ति र स्वतन्त्रताको लागि शुभकामना सन्देश दिएका छन् ।

बिगत २ बर्ष देखी ललितपुरको नख्खु कारागारमा रहेका सुदर्शनले श्रमिक महिला दिवसको अवसरमा एक शुभकामना सन्देश ब्यक्त गर्दै नेपालमा महान जनयुद्ध लगायतका विभिन्न खाले आन्दोलनहरुको बलमा कानुनी रुपमा केही अधिकार प्राप्त भएता पनि महिला लगायत सब खाले मुक्ति बैज्ञानिक समाजवादी ब्यवस्था मात्र हुने बताएका छन् ।

साथै उनले विभिन्न क्रान्तिकारी आन्दोलनमा महिलाहरुले ठुलो योगदान गरेको भन्दै राज्य ब्यवस्था रुपान्तरण गर्न र पुर्ण मुक्तिको लागि सबै महिलाहरु एकजुट भएर लड्नुपर्ने बताएका छन् ।

आज भन्दा १११ बर्ष अगाडि क्लाजेटकिन रोजा लक्जम वर्ग लगायतका क्रान्तिकारी महिलाहरुको पहलमा डेनमार्कको कोपनहेगनबाट नारी दिवस मनाउन शुरु गरिएको थियो र पछि संयुक्त राष्ट्रसंघले मान्यता दिएपछि विश्वभरी नै सवै खाले महिलाहरुले यो दिवस मनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :