नेकपाका महासचिव, प्रवक्ता र गृहमन्त्रीबीच छलफल

नेकपाका महासचिव, प्रवक्ता र गृहमन्त्रीबीच छलफल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डसँग गृहमन्त्री रामबहादुर थापाको भेटवार्ता भएको छ ।

गृहमन्त्री निवास पुल्चोकमा मङ्गलबार भएको भेटमा गत फागुन २१ गते सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा जेल र हिरासतमा रहेका नेकपाका नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता लिने विषयमा कुराकानी भएको नेकपाको उच्च स्रोतले जनाएको छ ।

नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डसँग गृहमन्त्रीले गरेको भेटघाटमा देशको पछिल्लो राजनीतिक घटनाक्रमका साथै विद्यमान सङ्कटको निकासका लागि दुवै पक्ष गम्भीर भएर लाग्नुपर्ने विषयमा छलफल भएको पनि स्रोतले जनाएको छ ।

राष्ट्रिय राजनीतिको निकासका बारेमा दुवै पक्ष मिलेर निकास खोज्नुपर्ने बिषयमा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र गृहमन्त्री थापा सहमत भएको पनि स्रोतले जनाएको छ । नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र खानेपानीमन्त्री मणिचन्द्र थापाबीच पनि राष्ट्रिय राजनीतिका विषयमा मङ्गलबार नै छलफल भएको छ ।

यसअघि सोमबार नेकपाका महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रिय राजनीतिका विषयमा महत्वपूर्ण भेटघाट र कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :