अमेरिकामा ३ करोड ५ लाख बढी सङ्क्रमित, ५ लाख ५५ हजारको मृत्यु

अमेरिकामा ३ करोड ५ लाख बढी सङ्क्रमित, ५ लाख ५५ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ३ करोड ५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ३९ हजार ५०५ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ५ लाख २१ हजार ७७४ पुगेको हो । सङ्क्रमितमध्ये अहिलेसम्म २ करोड २७ लाख ५४ हजार २५२ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।

त्यसैगरी अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ५ लाख ५५ हजार नाघेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा ४५५ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको सङ्ख्या ५ लाख ५५ हजार ३१४ पुगेको छ । त्यस्तै उपचार गराइरहेका ७२ लाख १२ हजार २०८ जनामध्ये ८ हजार ६४० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :