अखिल (क्रान्तिकारी) कास्कीद्वारा सिफ्ट मर्ज तथा स्थानान्तरणको विरोध

अखिल (क्रान्तिकारी) कास्कीद्वारा सिफ्ट मर्ज तथा स्थानान्तरणको विरोध

पोखरा : पृथ्वीनारायण क्याम्पस पोखराले बिहानी पठनपाठनमा रोक लगाएर बिहानी पढाइँ दिउँसो सिफ्ट गरेको जानकारी दिएसँगै बिभिन्न तहबाट विरोध भइरहेको छ ।

यसैबीच सिफ्ट मर्ज तथा स्थानान्तरण गरेको बिरोधमा नेकपा निकट अखिल (क्रान्तिकारी) कास्की पिएन जिल्ला समितिले विरोध स्वरुप क्याम्पस गेटमा ब्यानर टाँसेको छ । विद्यार्थीको पठनपाठनमा गम्भीर असर र असुबिधा खडा हुने भन्दै विरोध साथै बिहानी तथा दिवा दुबै शिफ्टमा पढाइँ हुनुपर्ने हाम्रो माग रहेको पिएन जिल्ला समितिका अध्यक्ष उपेन्द्र परियारले बताए ।

अखिल (क्रान्तिकारी) पिएन जिल्ला समितिद्वारा टाँसिएको उक्त ब्यानरका अनुसार पृथ्वीनारायण क्याम्पस ऐतिहासिक महत्व बोकेको पश्चिमाञ्चलकै ठूलो शैक्षिक केन्द्रका रुपमा रहेको गरीब तथा श्रमजीवी जनताका छोराछोरी अध्यन गर्ने उत्कृष्ट क्याम्पस हो । क्याम्पसमा विद्यार्थीको चाहना बिपरीत प्रतिकुल गरिएको शिफ्ट मर्जको घोर भत्सर्ना गर्दै बिहानी र दिवा दुवै शिफ्टमा पठनपाठन गराउन जोडदार माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :