जातीय विभेदको समस्या आमश्रमजीवी जनताको समस्या हो : दिपक

जातीय विभेदको समस्या आमश्रमजीवी जनताको समस्या हो : दिपक

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा वार्ता टोली सदस्य उदयबहादुर चलाउने ‘दिपक’ ले नेपाल र भारत लगायत केही दक्षिण एसियाली राष्ट्रहरुमा रहेको जातीय छुवाछूतको समस्या आम श्रमजीवी जनताको समस्या रहेको बताएका छन् ।

सोमबार काठमाडौँको बसन्तपुर डबलीमा ५६ औँ अन्तर्राष्ट्रिय रङ्ग जातीय रङ्गभेद दिवसको अवसरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति, दलित गैरसरकारी संस्था महासङ्ग, संयुक्त दलित जातीय संघर्ष समिति, जातीय विभेद विश्व मञ्च र युथ एड्भोकेसी लगायतले आयोजना गरेको कार्यक्रमलाई दिपकले सम्बोधन गरेका हुन् ।

उनले, जबसम्म सर्वहारा वर्गको राज्यसत्ता निर्माण हुन सक्दैन त्यो समयसम्म सर्वहारा वर्गको उन्मुक्ति हुन नसक्ने बताए । उनले, हाम्रो पार्टी अहिले संसदीय व्यवस्थामा आएको नभइँ वैज्ञानिक समाजवाद की संसदीय व्यवस्था हुने भन्ने विषयमा जनमत संग्रहमार्फत राजनीति निकास निकल्नुपर्ने बेला आएको बताए ।

विभिन्न राजनीति दलका नेता कार्यकर्ता र विभिन्न दल निकट संगठनका नेता कार्यकर्ता र विभिन्न संघ संस्थाका मानिसहरुको उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :